२६ जेठ २०८३, मंगलबार

रुवाण्डामा शरणार्थी पठाउने विधेयक बेलायती संसद्‌बाट पारित

बैशाख ११, २०८१
काठमाडौं
रुवाण्डामा शरणार्थी पठाउने विधेयक बेलायती संसद्‌बाट पारित
बेलायती प्रधानमन्त्री ऋषि सुनक ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकको महत्वाकांक्षी रुवाण्डा विधेयक औपचारिक रूपमा स्वीकृत भएको छ । यो विधेयक बेलायतको तल्लो सदन हाउस अफ कमन्समा पारित भए पनि माथिल्लो सदन (हाउस अफ लर्ड्स) मा अड्किएको थियो । 

अब हाउस अफ लर्ड्सले पनि विधेयक पारित गरेको छ । यो विधेयक राजपरिवारको स्वीकृतिपछि कानुन बन्नेछ । रुवाण्डाको कानुनमार्फत् बेलायती सरकारले यहाँ शरण लिइरहेका केही व्यक्तिलाई मध्य अफ्रिकी देश रुवान्डामा पठाउनेछ।

यो विधेयकको विपक्षी दलबाट चर्को आलोचना भए पनि पटक–पटक छलफलपछि अन्ततः सोमबार राति प्रतिपक्षले आफ्नो आपत्ति फिर्ता लिएपछि विधेयक पारित भएको बीबीसीले जनाएको छ ।

१० देखि १२ हप्ताभित्र रुवाण्डाका लागि पहिलो उडान सुरु हुने प्रधानमन्त्री सुनकले बताए । बेलायती सरकारले रुवाण्डा विधेयकको उद्देश्य बेलायती च्यानलबाट अवैध रूपमा बेलायत आउने शरणार्थीहरूलाई रोक्नु रहेको बताएको छ।

salt training

कमेन्ट गर्नुहोस्