२९ जेठ २०८३, शुक्रबार

मलेसियाको श्रम नीतिले नेपाललाई धक्का

बैशाख १२, २०८१
काठमाडौं
मलेसियाको श्रम नीतिले नेपाललाई धक्का

नेपालीको  श्रम  गन्तव्य  मुलुक  मलेसियाले  यही वैशाख ९ गतेदेखि औपचारिक क्षेत्रमा विदेशी श्रमिक  नलिने  निर्णय  गरेको  छ  ।  केहीदिनपहिले  आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको मलेसियाको गृह मन्त्रालयले वैशाख ९ अथवा अप्रिल २१ तारिखदेखि पूर्ण रूपमा विदेशी श्रमिक नलिने निर्णय गरेको हो ।

मलेसिया  सरकारले  आफ्नो  निर्णयबारे  नेपाल सरकारलाई औपचारिक जानकारी नगराए पनि मलेसियाका आधिकारिक वक्तव्यमा विदेशी श्रमिक नलिने भनिसकेकाले यसको सिधा असर नेपालमा पर्ने देखिएको छ ।

मलेसियाका   गृहमन्त्री   सेरी   सैफुद्दिन   इस्माइलले  आप्रवासी  श्रमिकको  आगमनलाई  नियमन गर्ने सरकारको निर्णय भएकाले मार्च अप्रिल २१ तारिखपछि आप्रवासी श्रमिक नलिइने बताएका थिए । मार्च २१ पछि सधैँका लागि नलिने वा निश्चित समयपछि फेरि खुलाउने भन्ने विषयमा मलेसियन सरकार अहिलेसम्म बोलिसकेको छैन, गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्