१५ असार २०८३, सोमबार

चीनका लागि जासुसी गरेको आरोपमा जर्मनीका एक राजनीतिज्ञका सहायक पक्राउ

बैशाख १२, २०८१
काठमाडौं
चीनका लागि जासुसी गरेको आरोपमा जर्मनीका एक राजनीतिज्ञका सहायक पक्राउ

जर्मनीको प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा युरोपेली सांसदसँग काम गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । चिनियाँ मूलका यी जर्मन नागरिकलाई पूर्वी सहर ड्रेसडेनबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जियान जी नामका यी व्यक्ति करिब बीस वर्षअघि यहाँ विद्यार्थीका रूपमा आएका थिए।

जियानमाथि युरोपेली संसदका सदस्य म्याक्सिमिलियन क्राहसँग काम गर्दा चीनमा संवेदनशील सूचना पठाएको आरोप छ।

जियानले दक्षिणपन्थी एएफडी पार्टीका राजनीतिज्ञ म्याक्सिमिलियन क्राउसको सहायकको रूपमा काम गर्दै आइरहेका थिए।

उनीमाथि जर्मनीमा रहेका चीन विरोधी कार्यकर्ताको सूचना संकलन गरी चीनलाई बुझाएको आरोप पनि लागेको छ । केही दिनअघि मात्रै जर्मन प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्