१० असार २०८३, बुधबार

गोरखाको बारपाकमा आज सार्वजनिक बिदा

बैशाख १२, २०८१
गोरखा
गोरखाको बारपाकमा आज सार्वजनिक बिदा

गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ ।​

विक्रम संवत् २०७२ वैशाख १२ गते गएको सात दशमलव आठ रेक्टर स्केलको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

मङ्गलवार बसेको गाउँकार्यपालिको बैठकको निर्णयअनुसार पालिकाभित्र सार्वजनिक बिदा दिइएको उनले बताए । 

त्यसअवसरमा बारपाकस्थित हिमालय माध्यमिक विद्यालयको खेल मैदानमा आज विशेष श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो ।

गोरखा भूकम्पमा  परी देशभर आठ हजार नौ ७९ जनाको ज्यान गएको थियो भने गोरखा जिल्लामा मात्रै चार सय ७१ जनाको मृत्यु भएको थियो ।

त्यसमध्ये बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा २२ हजार तीन सय नौ जना घाइते भएका थिए ।

भूकम्पले गोरखासहित १४ जिल्ला अतिप्रभावित र ३१ जिल्लामा क्षति पुर्‍याएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्