०७ असार २०८३, आइतबार

भुम्लु सुमो दुर्घटना : घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर

बैशाख १२, २०८१
काभ्रेपलाञ्चोक
भुम्लु सुमो दुर्घटना : घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर

काभ्रेपलाञ्चोकको भुम्लुमा टाटासुमो दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।​​

कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका वडा नम्बर ५ मुलाबारीमा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार दुर्घटनामा घाइते भएका १० जनाजसमध्ये तीन जना महिलाको अवस्था जटिल रहेको छ ।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कोलातीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।​​

सुमो अनियन्त्रित भई सडकबाट करिब ३०/३५ मिटर तल खसेको जनाइएको छ ।

गाडीमा आठ महिला र दुई जना पुरुष सवार थिए । 

अन्य सातको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

कमेन्ट गर्नुहोस्