०९ साउन २०८३, शनिबार

इलाममा ओलीको स्पष्टोक्ति– एमाले पहिचानविरोधी होइन

बैशाख १२, २०८१
इलाम
इलाममा ओलीको स्पष्टोक्ति– एमाले पहिचानविरोधी होइन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई जातका पछि नलाग्न आग्रह गरेका छन् । इलामको चुलाचुलीमा बुधबार भएकाे कोणसभालाई सम्बोधन गर्दै उनले एमालेका उम्मेदवारलाई मत माग्दा जातीय कुरा नगर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमाले पहिचानविरोधी नभएको स्पष्ट पार्दै जातका पछि नलाग्न आग्रह गरेका हुन् ।

इलाम–२ मा यही वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन आग्रह गर्दै उनले एमालेले जति अन्य कसैले पनि दलित, मुस्लिम र जनजातिलाई अवसर नदिएको दाबी गरे ।  

‘जातीय आधारमा नभइ बिनाभेदभाव, योग्यता, क्षमताको आधारमा मूल्यांकन गरेर साथीहरू माथि पुगेका छन्,’ उनले भने, ‘त्यसकारण सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा सबै जुटौं । ’

जनतालाई दिने सेवा सुविधा र जिम्मेवारी बोक्ने उम्मेदवार सुहाङबाहेक कोही नभएको पनि ओलीले दाबी गरे ।  उनले स्व सुवास नेम्वाङले दिएको योगदान नबिर्सन पनि आग्रह गरे ।

राजनीतिमा सहीलाई सही भन्न सक्नुपर्ने बताउँदै ओलीले त्यसमा सुवास सँधै अगाडि रहेको उनले बताए । ‘ज्ञान, क्षमताको हिसाबले सुवासजी सबैका गुरु हुनुहुन्थ्यो । उहाँको असामयिक निधन भएपछि उहाँको क्षेत्रमा उहाँकै छोरालाई उम्मेदवार बनाएका छौं । उहाँको मर्मलाई बुझेर अलमलमा नपरी, भ्रममा नपरी मतदान गर्न पनि  आग्रह गर्दछु,’ उनले भने । 

गठबन्धन र समीकरणले देश सँधै चल्न नसक्ने समेत बताएका छन्  । ‘सँधै समीकरण र सधैँ गठबन्धनले देश चल्दैन,’ उनले भने, ‘मिसन– ८४ मा  निर्णायक राजनीतिक राष्ट्रिय शक्तिको रुपमा हामीले देखाउनु पर्छ ।’ 

अब पनि अनेक प्रकारको जोड–घटाउ र मिलजुल गरेर, बहुमत पुर्याएर देश चल्न नसक्ने ओलीले स्पष्ट पारे । अहिले भने देशलाई बचाउन मात्रै समीकरण गरेको उनको भनाइ थियो ।  

इलाम–२ मा एमालेका सुहाङ र नेपाली कांग्रेसका डम्बर खड्काबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । 

विशेषगरी पहिचान पक्षधरले एमाले र ओलीलाई पहिचानविरोधी बताउँदै आएका छन् । उनले मंगलबार यसैको सफाइ दिएका हुन् ।

इलाम–२ मा पहिचान पक्षधरले पनि डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार छन् । 
 


 

salt training

कमेन्ट गर्नुहोस्