
काठमाडौं, २९ असोज — भारतको मध्यप्रदेशस्थित ग्वालियरकी एक १९ वर्षीया युवतीले जैन मुनि शान्तिसागर महाराजमाथि दुर्व्यवहारको आरोप लगाएकी छन् ।

गुजरातको सूरतमा प्रहरीले शुक्रवार उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो । शनिवार मेडिकल जाँचमा रेप पुष्टि भएपछि जैन मुनिलाई पक्राउ गरिएको छ ।
जैन समुदायका केही संगठनहरूले मुनिको पक्राउको विरोधमा प्रदर्शन पनि गरेका छन् ।
सूरतका प्रहरी कमिस्नर सतीश शर्माले युवती वडोदराको कलेजमा पढिरहेको बताए । उनले प्रहरीलाई चिट्ठी लेखेर जैन मुनिमाथि बलात्कारको आरोप लगाएकी हुन् ।
आरोपअनुसार, जैन मुनिले १५ दिनअघि नानपुरा टीमलियावाडको जैन मन्दिरमा युवतीलाई रेप गरेका थिए । आफ्नो परिवारका सदस्यसँग धार्मिक कार्यक्रममा मन्दिर पुगेकी युवतीलाई सूरतमा चातुर्मास व्रत बसेका मुनिले बलात्कार गरेका हुन् ।
मन्त्रजापको बहाना बनाएर मुनिले युवतीलाई एउटा कोठामा राखेर अनि उनको आमाबुवालाई अर्को कोठामा पठाएर रेप गरेका थिए । विरोध गरेमा बुवाआमालाई मारिदिने धम्की मुनिले दिएको युवतीको आरोप छ । त्यसैले युवतीले डराएर विरोध नगरेको बयान दिइन् ।
एजेन्सी