१५ असार २०८३, सोमबार

राम रहीमको सुटकेस फेला पा–यो प्रहरीले, छन् त्यसमा कैयौं रहस्य

कात्तिक २०, २०७४
राम रहीमको सुटकेस फेला पा–यो प्रहरीले, छन् त्यसमा कैयौं रहस्य

काठमाडौं, २९ असोज — साध्वीहरूलाई बलात्कार गरेको अभियोगमा कारावास सजाय भोगिरहेका गुरमीत राम रहीम सिंह इन्साको सयभन्दा बढी सम्पत्तिको विवरण प्रहरीले हात पारेको छ ।


यी सबै जानकारीहरू खैरो रंगको ठूलो सुटकेसमा राखिएको रहेछ । हनीप्रीतले भागनुअघि यो सुटकेस पञ्जाबको गुरुसर मोडियामा एक व्यक्तिको घरमा लुकाएकी थिइन् ।

त्यसबाहेक दुईवटा झोला पनि फेला परेका छन् । तिनमा पनि राम रहीमको कारोबारसँग जोडिएका धेरै जानकारी छन् । प्रहरीले तिनको परीक्षण गरिरहेको छ ।

कागजातमा केही कम्पनीको उल्लेख छ र केही अधिकारीहरूको पनि नाम छ । तर प्रहरीको अनुसन्धानमा यी मानिसहरूको बारेमा कुनै जानकारी नभएकाले यी कीर्ते नाम हुन् भनी भन्ने शंका प्रहरीलाई छ ।

सुटकेसमा राम रहीमको सम्पत्तिसँग सम्बन्धित बैंक विवरण अनि केही डेबिट र क्रेडिट कार्डहरू भेटिएका छन् ।

विगत केही महिनामा रुपैयाँहरूको रेकर्ड छ । त्यो करोडौं रुपैयाँमा छ । प्रहरीले यो रकम पञ्चकूला हिंसामा लगानी गरिएको आशंकामा अनुसन्धान गरिरहेको छ ।

राम रहीमकी प्रियतमा हनीप्रीतको ल्यापटप हिसार प्रहरीसँग छ । यो ल्यापटप प्रहरीले डेरा सच्चा सौदामा छापा मार्दा फेला पारेको थियो ।

हनीप्रीतले यसको बारेमा केही थाहा छैन भनेपनि प्रहरीले यसको जाँचका लागि ल्याब पठाएको छ । केही फाइलहरू डिलिट भइसकेको र त्यसलाई रिकभर गर्न बाँकी रहेको प्रहरीले बताएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्