०७ असार २०८३, आइतबार

राष्ट्रिय यथार्थवादी पार्टीले बुझायो पहिलो सूची, ११ जना सिफारिश

कात्तिक २०, २०७४
राष्ट्रिय यथार्थवादी पार्टीले बुझायो पहिलो सूची, ११ जना सिफारिश

काठमाडौं २९ असोज– आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले उम्मेदवारहरुको बन्दसूची पेश गर्ने कार्य सुरु भएको छ ।

कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको समानुपातिक निर्वाचन इकाईमा सबैभन्दा पहिला आज बिहान १० बजे राष्ट्रिय यथार्थवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ ११ जना उम्मेदवारको बन्द सूची पेश गरेको आयोगका प्रवक्ता नबराज ढकालले जानकारी दिए ।

दलहरुले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि आज आइतबार उम्मेदवारहरूको बन्दसूची पेश गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।

दलहरुले उम्मेदवारहरुको बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला उम्मेदवारसहित समानुपातिक र समावेशीका आधारमा नामावली समावेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रिय यथार्थवादी पार्टी नेपालको चुनाव चिह्न डाँफे हो ।

कमेन्ट गर्नुहोस्