०१ असार २०८३, सोमबार

आफ्नै फिल्म ‘फिरंगी’ को प्रचार गर्न नपाएर कपिल शर्मालाई रन्को

कात्तिक २०, २०७४
आफ्नै फिल्म ‘फिरंगी’ को प्रचार गर्न नपाएर कपिल शर्मालाई रन्को

कपिल शर्मा सुधार गृहबाट बाहिर आइसकेका छन् र उनले रक्सी खाने लत पनि छोडेका छन् । आउँदो महिना यी कमेडियन आफ्नो दोस्रो फिल्म लिएर दर्शकमाझ आउँदैछन् । उनको फिल्म ‘फिरंगी’ को प्रचारलाई लिएर भने उनी चिन्तित देखिएका छन् यतिबेला । फिल्मको मुख्य भूमिकामा आफै देखिएका शर्माले भनेका छन्, ‘अरु मेरो शोमा आएर फिल्मको प्रचार गर्छन्, अब म कहाँ जाऊँ?’

कपिलको शो अहिले भने बन्द छ । अहिले भने कलाकार बिरामी भएको भन्दै केही समयलाई उनको शो बन्द गरिएपछि उनलाई तनाव भएको हो । शो नै बन्द भएपछि उनको फिल्मको प्रचार नहुने भएको हो । आफ्नो फिल्मलाई कपिलले एकदमै कम प्रचार गर्ने भएका छन् । फिल्मको प्रचारका लागि कुनै च्यानल या शोमा पनि नजाने भारतीय मिडियाले लेखेका छन् ।

फिरंगीका निर्देशक राजीव ढिंगराले एक अन्तर्वार्तामा भनेका छन्, 'कपिललाई एउटा शोबाट अर्को शोमा जानु नै पर्दैन, उनको नाम टिभीको दुनियाँमा चर्चित नाम हो ।'

कपिल शर्माको फिल्म २४ नोभेम्बरमा रिलिज हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्