
नर्वेको आर्कटिक टापुमा बर्ड फ्लुका कारण वालरसको मृत्यु भएको पहिलो घटना फेला परेको अनुसन्धानकर्ताले सोमबार बताएका छन् ।
नर्वेजियन पोलर इन्स्टिच्युटका क्रिस्टियन लिडरसेनले एएफपीसँग भने, “गत वर्ष स्वाल्बार्ड द्वीपसमूहको होपेन टापुमा बर्ड फ्लुका कारण मृत्यु भएको वालरस फेला परेको थियो ।”
जर्मनीको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त मृत वालरसमा बर्ड फ्लु देखिएको लिडर्सनले बताए ।
यो नमूना एचफाइभ एनवन वा एचफाइभ एन–एट स्ट्रेन हो भनेर निर्धारण गर्न धेरै सानो आधार भेटिएको थियो । “वालरसमा बर्डफ्लु देखिएको यो पहिलो पटक हो,” लिडरसेनले भने
उत्तरी ध्रुवबाट करिब एक हजार किलोमिटर टाढा र मुख्य भूमि नर्वे र उत्तरी ध्रुवको बीचमा रहेको स्वाल्बार्ड टापुमा गत वर्ष करिब ६ वटा मृत वालरस फेला परेका थिए ।
लिडर्सनले तीमध्ये केहीलाई बर्डफ्लु भएको कुरा ‘असम्भव’ नभएको बताए ।