
२०७९ मा सुवास नेम्वाङले ११४ मतले मात्रै जितेको इलाममा यसपटकको उपनिर्वाचनमा छोरा सुहाङ नेम्वाङले शानदार जीत दर्ता गरेपछि एमाले अध्यक्ष केपी ओलीले उनलाई इलाम पुगेरै अँगालो हालेका छन् ।
इलाम २ मा वैशाख १५ मा उपनिर्वाचन हुनु अघि दुईपटक पुगेर युवा उम्मेदवार सुहाङप्रति सानिध्यता देखाएका ओलीले सुहाङले जितेकै भोलिपल्ट इलाम पुगेर उनलाई अँगालोमा हाल्दै बधाई दिएका हुन् ।
'चुनाव अघि चुलाचुली पुगेर ओली अब संसद्मा भेटौँला' भन्दै बधाई दिएर काठमाडौं फर्किएका थिए ।
जीतेपछि मंगलवार ओलीले इलाम पुगेरै सुहाङलाई औपचारिक बधाई दिएका छन् ।
‘इलाममा सुहाङ, हार्दिक बधाई !! इलामका मतदातालाई धन्यवाद ! मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ – कति भोटले जितिन्छ ? सुहाङले भन्नु भएको थियो – इलामेली जनतालाई सोध्नु पर्छ। आज अन्तिम परिणाम आयो – ५८३० मतान्तरले जीत भयो’, ओलीले सामाजिक सञ्जाल लेखेका छन्, ‘हाम्रो पार्टीले नेतृत्वमा युवाहरूलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरूलाई अझ अगाडि बढाउँदै जाने छ। फेरि बधाई सबै इलामेलीलाई ।’
मंगलवार बिहान आएको चुनावी परिणामअनुसार सुहाङले ५ हजार ८३० मतान्तरले कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गरेका हुन् ।
