०४ असार २०८३, बिहीबार

एमालेको विजय सभाबाट फर्केको गाडी दुर्घटना​, १९ जना घाइते

बैशाख १८, २०८१
विराटनगर
एमालेको विजय सभाबाट फर्केको गाडी दुर्घटना​, १९ जना घाइते

इलाम २ मा निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङको विजय जुलुसबाट फर्किएको पिकअप गाडी दुर्घटनामा परेको छ ।

इलाम बजारको सभामा सहभागी बनेकाहरूलाई लिएर फर्किरहेको को २ च ४४७ नम्बरको पिकअप गाडी मंगलवार साँझ इलाम नगरपालिका ५, बिब्ल्याँँटेमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई उपचारका लागि झापाको विर्तासीटी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक प्रकाश जबेगूले जानकारी दिए ।

इलाम नगरपालिका ५ का पिकअप चालक राजन खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्