२४ जेठ २०८३, आइतबार

सन् २०२४ मा एसिया प्रशान्त क्षेत्रको अर्थतन्त्र ४.५ प्रतिशतले बढ्ने

बैशाख १९, २०८१
काठमाडौं
सन् २०२४ मा एसिया प्रशान्त क्षेत्रको अर्थतन्त्र ४.५ प्रतिशतले बढ्ने

सिङ्गापुर– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मङ्गलरबार सिङ्गापुरमा आयोजना गरेको आफ्नो ‘क्षेत्रीय आर्थिक दृष्टिकोण एशिया र प्रशान्त’ कार्यक्रममा एसिया प्रशान्त क्षेत्रको वृद्धि सन् २०२३ मा पाँच प्रतिशतको तुलनामा यस वर्ष चार दशमलव पाँच प्रतिशत रहने जनाएको छ ।            

एसिया–प्रशान्त विश्वको सबैभन्दा गतिशील क्षेत्र रहने अपेक्षा गरिएको छ । यो क्षेत्रले सन् २०२४ मा विश्वव्यापी वृद्धिको लगभग ६० प्रतिशत योगदान पुर्याउने प्रतिवेदनमा उल्लेख छ ।
            
धेरैजसो आसियान देशहरूमा लचिलो घरेलु उपभोगदेखि प्रशान्त टापु देशहरूमा पर्यटनमा तीव्र वृद्धिसम्म यस क्षेत्रले विविध वृद्धि चालकहरूलाई अँगालेको आइएमएफले बताएको छ । 
            
निकट–अवधि जोखिमहरू अहिले व्यापकरूपमा सन्तुलित छन् । मुद्रास्फीतिमा कमी र पहिलेको मौद्रिक सहजताको सम्भावनाले नरम अवतरणको सम्भावना बढेको आइएमएफले उल्लेख गरेको छ । 
            
युरोप र संयुक्त राज्य अमेरिकामा अपेक्षितभन्दा बलियो वृद्धिले एसियाका निर्यातकर्ताहरूमा वृद्धि ल्याउने छ तर बढ्दो भू–आर्थिक विभाजन र भूराजनीतिक तनावले यस क्षेत्रको मध्यम–अवधिको वृद्धिमा गम्भीर नकारात्मक असरहरू उत्पन्न भइरहेको छ । 
            
आईएमएफले केन्द्रीय बैंकहरूले लक्ष्यमा मुद्रास्फीति सहजरूपमा फर्किने कुरा सुनिश्चित गर्नुपर्ने र नीति निर्माताहरूले फेडरल रिजर्भले अनुमानित ब्याज दर चालहरूमा अत्यधिक निर्भर निर्णयहरू गर्नबाट जोगिनु पर्ने सुझाव दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्