मंसिर ८, २०८०
नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो । खुला तथ...
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ योजना घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री डोलप्रसाद अर्यालले नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउने उद्देश्यसहित ‘श्रमदान’ अभियानको शुरूवात गरेका हुन् ।
मन्त्री अर्यालले श्रमदान मन्त्रालयको वृहत् र व्यवहारिक योजना भएको बताए । श्रमिकको समस्या समाधान गर्न ल्याएको उक्त योजना अन्तर्गत विभिन्न सात वटा कार्यक्रम छन् ।
श्रमदान योजनामा ‘सेकेन्ड इनिङस्’, रोजगार बैंक, समता, कनेक्ट, साथ, कल सेन्टर, पेसागत यात्राको सहयात्रीलगायत कार्यक्रम समावेश छन् ।
यी कार्यक्रम एकसाथ नभएर क्रमशः कार्यान्वयन गर्दै जाने मन्त्री अर्यालले बताए । 'यो योजना मात्र होइन, अभियान पनि हो', उनले भने- 'यसले नेपाली नागरिकको श्रम र रोजगारसम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको छ ।'
श्रमदानको पहिलो चरणमा सात क्षेत्रसँग सम्बन्धित कार्यक्रम समावेश गरिएका छन् ।
इन्द्रेणीका सात रङ्गसँग मेल खाने गरी प्रत्येक कार्यक्रमलाई एक विशेष रङ्गसँग जोडिएको मन्त्री अर्यालले बताए ।
कार्यक्रम नेपाली श्रमिकको सीप, दक्षतामा विकास, उनीहरुको मानसिक स्वास्थ्यसम्बन्धी समस्या समाधान, विशेष आवश्यकता रहेको वर्ग तथा समुदायको हकमा खास सुविधा प्रदान गर्नेदेखि कानूनी रुपमा सुरक्षित बनाउन श्रम कानूनको ज्ञान बढाउन केन्द्रित रहेको उनको भनाइ थियो ।
मन्त्रालयले दुई महिनाको अध्ययनपछि तयार भएको उक्त योजनाबाट रोजगारीको अवसरलाई व्यापक बनाउनेदेखि श्रम बजारमा प्रतिस्पर्धी हुन आवश्यक कौसलको विकास तथा पेसागत उन्नतिका लागि चाहिने स्रोत र साधन प्रदान गर्ने छ ।
मन्त्री अर्यालले पहिलो चरणमा २४ सै घण्टा टेलिफोन सेवा उपलब्ध गराउने, गुनासो सुन्ने निकायमा केन्द्रित फोकल पर्सन तोक्ने र मिसकललाई कल ब्याग गर्ने काम हुने जानकारी दिए । उनका अनुसार दोस्रोचरणमा श्रमदान एपको विकास गर्ने काम भइरहेको छ ।
विदेशमा आधारित सीआईपी लाइन टेलिफोन सेवा र आईभीआर सेवाको समेत तयारी भइरहेको मन्त्री अर्यालले बताए ।
विभिन्न सामाजिक सञ्जालमार्फत प्राप्त जिज्ञासा, गुनासो र समस्यालाई तत्काल समाधान प्रक्रियामा लैजान संयन्त्रको निर्माण भएको उनले बताए ।
मन्त्रालयले यसअघि नै श्रमदान कल सेन्टरको उद्घाटन गरिसकेको छ ।
मन्त्रालयका अनुसार जिज्ञासा, गुनासो र समस्यालाई निःशुल्क कल ११४१ मा फोन गरेर जानकारी दिन सकिनेछ । यस्तै अर्को फोन नम्बर ९८५१३४७२२२ मार्फतसमेत समस्याबारे जानकारी गराउन सकिने मन्त्रालयले जनाएको छ ।
नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो । खुला तथ...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी)ले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिइने बताएका छन् । एक सय ३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड ...
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...
काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सीप मेला’अन्तर्गत तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ । वैशाख १९ मा शुरू भएको उक्त तालिमका कक्षा शुक्रबार सकिन लागेको महानगरले जनाएको छ । ...
काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् । महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो ।...
काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो । सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...