
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ सानो पोटा गाउँका आगलागीपीडितलाई बुधबार खाद्यान्न वितरण गरिएको छ । नेपाली कांग्रसेसका केन्द्रीय सदस्य गणेश लामा, गाउँपालिका अध्यक्ष दिनेश लामा, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेललगायतले राहत वितरण गरेका हुन् । मङ्गलबार आगलागी हुँदा उक्त गाउँका १५ घर पूर्णरूपमा जलेर नष्ट भएका थिए । तस्बिर : रासस