२६ जेठ २०८३, मंगलबार
टी–२० श्रृंखला

नेपालले एक खेलअगावै गुमायो वेस्ट इन्डिज ‘ए’सँगको टी–२० श्रृंखला

बैशाख २०, २०८१
काठमाडौं
नेपालले एक खेलअगावै गुमायो वेस्ट इन्डिज ‘ए’सँगको टी–२० श्रृंखला

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ ।

पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्पिएको हो ।

चौथो खेलमा नेपाल  वेस्ट इन्डिजसँग २८ रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २१० रनको लक्ष्य दिएको थियो ।

तर घरेलु टोली नेपालले लक्ष्य भेट्टाउन सकेन । नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १८१ रनमात्र बनाउन सक्यो । 

कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८२ रन बनाएपनि नेपाललाई जीत दिलाउन सकेनन् । 

salt training

कमेन्ट गर्नुहोस्