
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेब (अधिकृत छैटौं) दुर्गाप्रसाद भट्टराईविरुद्ध नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा दायर गरेको छ ।
भारतबाट हाई स्कूल तहको नक्कली प्रमाणपत्र ल्याएर ग्रामिण स्वास्थ्य कार्यकर्ता पदमा नियुक्ति लिएकाले उनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंका आरोप–पत्र दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भट्टराईले सोही नक्कली प्रमाणपत्रका आधारमा विभिन्न तहदेखि सिनियर अहेबसम्मको जागिर खाएको देखिएको अख्तियारको आरोप छ ।