३१ जेठ २०८३, आइतबार

आमाको मुख हेर्ने दिन नगरपालिकाले दियो सार्वजनिक बिदा

बैशाख २१, २०८१
काठमाडौं
आमाको मुख हेर्ने दिन नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौंको चन्द्रागिरि नगरपालिकाले आगामी बुधवार सार्वजनिक बिदा दिएको छ ।

मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) नगरपालिका वडा ६ स्थित मातातीर्थ कुण्डमा मेला लाग्न भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

'यस चन्द्रागिरि नगरपालिका नगरकार्यपालिकाको बैठकको निर्णयअनुसार यही मिति २०८१/०१/२६ गते मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) यस नगरपालिका वडा नम्बर ६, महादेवस्थानमा अवस्थित मातातीर्थ कुण्डमा लाग्ने मेलाको अवसरमा मिति २०८१/०१/२६ गते बुधवार चन्द्रागिरि नगर क्षेत्रभर सार्वजनिक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ', सूचनामा भनिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्