२७ जेठ २०८३, बुधबार

एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोध निर्वाचित

बैशाख २१, २०८१
काठमाडौं
एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोध निर्वाचित

नेकपा एमाले पर्साको अध्यक्षमा डा विश्वम्भर शर्मा निर्विरोध निर्वाचित बनेका छन् । जिल्लाको नवौं अधिवेशनबाट शर्मा निर्विरोध निर्वाचित बनेका हुन् ।

नवौं अधिवेशनमा अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दाबी गरेका थिए । तर अन्तिम समयमा आएर अध्यक्षका दुई प्रत्यासी जयप्रकाश थारू र हनिफ मियाँले उम्मेदवारी फिर्ता लिएसँगै शर्मा अध्यक्षमा चयन भएका हुन् ।

पाँच पदाधिकारीसहित एक सय २७ सदस्यका लागि निर्वाचन हुन लागेको हो । अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदाधिकारी पदमा भने शुक्रवार निर्वाचन हुने कार्यतालिका छ ।

एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव पदका लागि भने शुक्रबार मतदान हुने कार्यक्रम रहेको प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले बताए ।

उपाध्यक्ष पदमा लालबाबु शेख र मनोज गुप्ताको उम्मेदवारी परेको छ ।

सचिव पदमा महेश दास र नवराज शर्माको उम्मेदवारी परेको छ । पर्सा जिल्लामा १४ वटा पालिका छन् । तीमध्ये ११ पालिकाबाट जिल्ला सदस्यमा सर्वसम्मत चयन भएका छन् । 

वीरगञ्ज, पर्सौनी र पर्सागढी पालिकाबाट जिल्ला सदस्य पदमा अहिलेसम्म सर्वसहमत हुन सकेको छैन ।

एमालेको नवौं जिल्ला अधिवेशन सोमवार उद्‌घाटन भएको थियो ।

अधिवेशनको मङ्गलबार बन्दशत्र सकिएसँगै निर्वाचन प्रक्रिया अघि बढेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्