२८ जेठ २०८३, बिहीबार

वायुसेवा निगमका कर्मचारीलाई उड्डयन सुरक्षासम्बन्धी २ दिने तालिम

बैशाख २१, २०८१
काठमाडौं
वायुसेवा निगमका कर्मचारीलाई उड्डयन सुरक्षासम्बन्धी २ दिने तालिम

नेपाल वायुसेवा निगमले कार्यकारी तहका कर्मचारीहरूलाई उड्डयन सुरक्षासम्बन्धी २ दिने तालिम प्रदान गरेको छ ।

निगमका कार्यकारी अध्यक्षसहित विभागीय प्रमुखहरूको सहभागितामा अनिवार्य आवश्यक पर्ने एभिएसन सेक्युरिटी (एभीएसईसी)सम्बन्धी तालिम प्रदान गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

उनका अनुसार यही वैशाख १९ र २० गते सम्पन्न भएको तालिमको प्रशिक्षकमा आईसीएओ सर्टीफाइड अडिटर भरतराज ढकाल थिए ।

निगमले कार्य प्रकृतिको आधारमा अन्य तहका कर्मचारीहरूलाई समेत विभिन्न तालिम दिँदै आएको प्रवक्ता पौडेलले जानकारी दिए ।

तालिममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यता थियो ।

कर्पोरेट ब्रिफिङसमेत भएको कार्यक्रममा ​मन्त्री तामाङले निगमले राखेका चुनौती र समस्याहरूलाई आफूले गम्भीरतापूर्वक लिएको बताएका थिए ।

निगमले अगाडि बढाएका हरेक सकारात्मक कार्यमा आफ्नो साथ र सहयोग रहने उनले बताए ।

निगमले गर्दै आइरहेको ग्राउण्ड ह्याण्डलिङ्ग सेवा अरूलाई दिन भएका चलखेलबारे आफू जानकार रहेको उनको भनाइ थियो ।

कुनै पनि हालतमा यस्ता कार्य हुन नदिनेमा आफू अडिग रहने प्रतिबद्धता जनाउँदै मन्त्री तामाङले निगमले पनि आफ्नो कार्यक्षमता र गुणस्तर वृद्धि हुने गरी काम गर्नुपर्ने बताए ।

उक्त अवसरमा निगमले गरेका कार्यहरू र भावी योजनाबारे निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिएका थिए ।

तालिममा सहभागीहरूलाई मन्त्री तामाङले प्रमाणपत्र वितरण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्