०५ असार २०८३, शुक्रबार

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

बैशाख २२, २०८१
काठमाडौं
राप्ती नदीमा डुबेर युवतीको मृत्यु

दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । 

लमही नगरपालिका–७ वनघुस्रीस्थित राप्ती नदीमा डुबेर राजपुर गाउँपालिका–२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार शनिबार दिउँसो गाउँका धेरै जना नुहाउन गएको अवस्थामा माइत आएकी सरिता पनि नदीमा नुहाउन गएकी थिइन् । त्यही क्रममा पानीमा पसेकी नाबालिकालाई बचाउन खोज्दा सरिता पानीमा डुबेकी हुन् । मृतकको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्