०९ असार २०८३, मंगलबार

सिरियाली राजधानीमा तोप आक्रमण, चारको मृत्यु

कात्तिक २०, २०७४
सिरियाली राजधानीमा तोप आक्रमण, चारको मृत्यु

दमास्कस, सिरिया, २८ असोज (रासस/सिन्ह्वा) - शान्तिवार्ताका लागि संयुक्त राष्ट्रसंघमा प्रक्रियाका बिषयमा पटकपटकका छलफलपछि केही शान्तजस्तो देखिएको अरव राष्ट्र सिरियाको राजधानी दमास्कसमा आइतबार भएको तोप आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु भएको छ । 

गोला र वारुदका आवाज केही शान्त बनेका समय दमास्कसको पूर्वी क्षेत्रमा भएको आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

विद्रोही नियन्त्रित दमास्कस नजिकैको भूभागबाट आक्रमण भएको बताइएको छ । घाइते भएका पाँचैजनाको हात तथा खुट्टामा गम्भीर किसिमको चोट लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्