३१ असार २०८३, बुधबार

विपन्नको स्वास्थ्य बीमाको रकम नोबेल कलेजले तिर्ने

कात्तिक २०, २०७४
विपन्नको स्वास्थ्य बीमाको रकम नोबेल कलेजले तिर्ने

पथरी, मोरङ, ३० असोज - विराटनगरस्थित नोबेल मेडिकल कलेजले विपन्न परिवारका लागि स्वास्थ्य बीमा शुल्क तिर्ने भएको छ । 

नोबेलका सञ्चालक डा. सुनिलकुमार शर्माका अनुसार मोरङको निर्वाचन क्षेत्र नं ३ का सम्पूर्ण परिवारलाई तीन वर्षभित्रमा निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिइने छ । शर्माले भन्नुभयो “सरकारले एक परिवारको बीमाका लागि रु दुई हजार ५०० लिने घोषणा गरेको छ, त्यो रकम विपन्न परिवारका लागि नोबेल मेडिकल कलेजले तिर्ने छ । शर्माले विपन्न, दलित तथा अल्पसंख्यक परिवारका २०० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षाको सुनिश्चित गर्ने र दलित, आदिवासी जनजाति, मुस्लिम र अल्पसंख्यक समुदायका २० जना विद्यार्थीलाई निःशुल्क एमबिबीएस अध्ययनको व्यवस्था गर्ने जानकारी दिनुभयो । 

विराटनगरस्थित नोबेल मेडिकल कलेजले दुई सातायता मोरङको ३ नम्बर क्षेत्रका गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । शर्माले भन्नुभयो, “आर्थिक अभावका कारण सामान्य रोगको शिकार भएर जीवन नै गुमाउनु पर्ने अवस्थाका १५० बढी रोगी बिरामीको नोबेल अस्पतालमा उपचार गराइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्