०५ असार २०८३, शुक्रबार

मोगादिशुमा आतंकवादी आक्रमणमा मर्नेको संख्या ३००

कात्तिक २०, २०७४
मोगादिशुमा आतंकवादी आक्रमणमा मर्नेको संख्या ३००

काठमाडौं, ३० असोज — सोमालियाको राजधानी मोगादिशुमा शनिवार भएको आतंकवादी आक्रमणमा परी कम्तीमा ३०० जना मरेको वा गम्भीर घाइते भएको विश्वास गरिएको छ । यो संसारकै सबभन्दा ठूला आतंकवादी आक्रमणमध्येको एक हो ।


एउटा ट्रकमा सयौं किलो सैन्यस्तरको अनि घरेलु विस्फोटक पदार्थ भरेर आक्रमण गरिएको थियो । आइतवार मृतकको संख्या २७६ पुगेकोमा आगामी दिनमा यो संख्या झनै बढ्ने एसोसिएटेड प्रेसले जनाएको छ ।

शरहको केन्द्रीय भागमा सयौं मिटर क्षेत्रमा फैलिएका भग्वावशेषबाट शरीरहरू निकाल्ने क्रम जारी छ । स्थानीय सञ्चारमाध्यमका अनुसार, कम्तीमा ३०० जना घाइते भएका छन् ।

घटनास्थलमा रहेका उद्धारकर्ताहरूले मृतकको संख्या यकितका साथ भन्न नसकिने किनकि विस्फोटबाट उत्पन्न तापका कारण कैयौं व्यक्तिका लाश पूरै जलेको र उनीहरूलाई भेटिने सम्भावना नरहेको बताए ।

सोमालिया वर्षौंदेखि अल–शबाब नामक इस्लामी समूहसँग युद्धरत छ ।

सन् २०१७ को शुरुवातमा अल–शबाबले आफूविरुद्ध अमेरिका र सोमालिया सरकारले थप सैन्य कारवाही गर्ने जनाएपछि त्यसको प्रतिकारस्वरूप आक्रमण चर्काउने प्रतिज्ञा गरेको थियो ।

मोगादिशुमा विगत केही वर्षयता बम विस्फोटका धेरै घटना हुने गरेका छन् । तर यति खतरनाक आक्रमण चाहिँ अहिलेसम्म भएको थिएन ।

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्