२६ जेठ २०८३, मंगलबार

चार्डर जहाज छाडेर नेपाल वायुसेवा निगमको जहाजमा फर्किन् जापानी विदेशमन्त्री

बैशाख २४, २०८१
काठमाडौं
चार्डर जहाज छाडेर नेपाल वायुसेवा निगमको जहाजमा फर्किन् जापानी विदेशमन्त्री

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्रयोग गरेकी हुन् ।

उनको चार्टर गरिएको विमानका चालक दलका सदस्यहरूलाई आराम गर्न दिएर उनी भने अत्यन्तै व्यस्त कार्यक्रम सकेर अगाडि नै फर्किएको खबर गोरखापत्रमा छापिएको छ। बिदेशमन्त्री योकोलाई श्रीलङ्काबाट ल्याउने जहाजचाहिँ सोमबार चालक दलका सदस्यलाई मात्र लिएर जाने छ ।

salt training

कमेन्ट गर्नुहोस्