१६ असार २०८३, मंगलबार

त्रिविको उत्तरपुस्तिका हराएकोबारे छानबिन समितिले दियो रिपोर्ट

बैशाख २४, २०८१
काठमाडौं
त्रिविको उत्तरपुस्तिका हराएकोबारे छानबिन समितिले दियो रिपोर्ट

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिभुवन विश्वविद्यालयले गठन गरेको उच्चस्तरीय समितिले परीक्षा नियन्त्रक पुष्पराज जोशीसहितका कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ । 

समितिले  उपकुलपति  प्राडा  केदारप्रसाद  रिजाललाई  बुझाएको  प्रतिवेदनमा  यस्तो  उल्लेख  गरिएको हो । उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न विश्वविद्यालयले  पूर्वरजिस्ट्रारसमेत  रहेका प्राडा  चन्स्मणि  पौडेलको  संयोजकत्वमा  गत  चैत  १५ गते तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । समितिले परीक्षा नियन्त्रक जोशीसहित परीक्षासँग सम्बन्धित २० जना कर्मचारीसँग बयान लिएको थियो । समितिका संयोजक पौडेलका अनुसार १३०  पृष्ठको  प्रतिवेदन  बुझाइएको  छ  ।  उनका  अनुसार  परीक्षा  सञ्चालनका  क्रममा  हदैसम्मको  लापर्बाही भएको देखिएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्