
मुम्बई – बलिउड अभिनेत्री सनी लियोनले आफ्नी छोरी निशा कोर बेबरको जन्मदिन मनाइन् । जुलाईमा सनी लियोनीले एक बालिकालाई छोरी बनाएका थिए । सनी र उनका पति डेनियल बेबरले भारतको लातूरकी एक बच्चीलाई आफ्नी छोरी बनाएका थिए ।
डेनियलले ट्वीटरमा एक भिडियो शेयर गर्दै लेखेका छन्, ‘छोरीको दोस्रो जन्मदिनका लागि सरप्राइज । निशा बेबर, तिमीलाई सधै सधै माया ।’ साथै सनीले पनि ट्वीटमा लेखेकी छिन, ‘आफ्नो परिवार र साथीका साथमा गजबको दिन । हाम्री बेबी गर्ल दुई वर्षकी भइसकिन् । हाम्री जिन्दगीकी किरण, जन्मदिनको शुभकामना ।’