२६ असार २०८३, शुक्रबार

कांग्रेस सभापति देउवाले गरे आपूर्ति तथा उपभोक्ता विभागमा १० सदस्य मनोनयन

बैशाख २४, २०८१
काठमाडौं
कांग्रेस सभापति देउवाले गरे आपूर्ति तथा उपभोक्ता विभागमा १० सदस्य मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपूर्ति तथा उपभोक्ता विभागमा १० जना सदस्य मनोनीत गरेका छन् ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गुरू बराल प्रमुख रहेको उक्त विभागका सदस्यहरू मनोनयन गरेका हुन् ।

विभागको सदस्यमा मनोनयन हुनेहरूमा फुलकुमार लालवाणी - मोरङ, मनोहरि तिवारी - काठमाडौं, पदमबहादुर रावल - मुगु, प्रेमलाल महर्जन - ललितपुर, देवीका नेपाली - दाङ, किरण भगत - सप्तरी, महेन्द्र काफ्ले - तेह्रथुम, निर्मला सुवेदी - रौतहट, तपेन्द्रबहादुर शाह - अछाम र माधव तिमिल्सिना - काठमाडौं रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्