१२ असार २०८३, शुक्रबार

अमेरिका र आईएसले ध्वस्त पार्नुअघि यस्तो थियो इराक !

कात्तिक २०, २०७४
अमेरिका र आईएसले ध्वस्त पार्नुअघि यस्तो थियो इराक !

काठमाडौं, ३० असोज — आजभन्दा ६० वर्षपहिले इराक अत्यन्तै बलियो देश थियो । उसले विकासका कारण सफलताको नयाँ कीर्तिमान बनाएको थियो ।


अहिले सुन्दा अचम्म लाग्छ तर सन् १९५० को दशकमा इराक पनि अमेरिका र सोभियत संघजस्तै विश्वशक्ति बन्ने स्थितिमा थियो । इराकलाई विज्ञान, शिक्षा, धर्म र महिला अधिकारका लागि संसारमा सम्मानको दृष्टिले हेरिन्थ्यो ।

इराकको बसरालाई भेनिस अफ द मिडल इस्ट भनी चिनिन्थ्यो । शहरमा सुन्दर नदी, गोन्डोला डुंगा र गजबका नहरहरू भएका कारण पर्यटकको आकर्षण थियो ।


कुनै समयमा इराकमा शिक्षाका लागि सरकारले उदारतापूर्वक खर्च गर्थ्यो । सन् १९८९ का आँकडाअनुसार, इराकको कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशत शिक्षालाई छुट्ट्याइन्थ्यो । देशको शिक्षा प्रणाली मध्यपूर्वमा सबभन्दा गजबको र विश्वस्तरीय मानिन्थ्यो ।


यहाँबाट मिस वर्ल्डका लागि युवतीहरु छानिन्थे । 


अहिले आतंकवादको चपेटामा परेर ध्वस्त भएको इराकमा ५० वर्षअघि बम धमाका सुनिँदैनथिए । सद्दाम हुसेन सत्तामा आएपछि सानातिना घटना इराकमा हुने गर्थे तर लामो समयसम्म इराकका मानिस आपसी भेदभावलाई बेवास्ता गर्दै मिलीजुली बस्थे ।


सद्दाम हुसेनले इरान र कुवेतसँग युद्ध शुरु गरेर इराकलाई अप्ठ्यारोमा नपारुन्जेलसम्म उक्त देश एक उच्चस्तरीय कस्मोपोलिटन शहरका रूपमा चिनिन्थ्यो । संसारका अन्य देशले विकास निर्माणका लागि इराकलाई पछ्याउँथे ।


सन् १९९१ अनि सन् २००३ को युद्धपछि क्षतविक्षत भएको इराकमा धार्मिक अतिवाद ह्वात्तै बढेर गएको छ । कुनै बेलामा चाहिँ सबै धर्मका मानिसहरू त्यहाँ मिलेर बस्थे । इस्लामका साथै क्रिस्चियानिटी, यहुदी धर्म, याजिदी र मन्डेस धर्मावलम्बीहरू त्यहाँ एकसाथ बस्थे ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्