
संसारमा जोकोहीले पनि कुनै न कुनै बेलामा कल्पनै नगरेको घटनाको सामना गर्नुपर्छ । यस्ता घटनाका लागि आफ्नो भाग्यलाई दोष दिनुको विकल्प रहँदैन ।
यस्तै केही अनौठा घटनाको फोटो सामाजिक सञ्जालमा शेयर भएका छन् । फोटो देख्दा नै तपाईं कस्तो स्थिति थियो होला भनी अनुमान लगाउन सक्नुहुन्छ ।

यो बिचरो चालकलाई आकाशबाट यति ठूलो पत्थर खस्ला भन्ने के अनुमान ?

साइकल चलाउँदै गर्दा यो मान्छेले हिलोमा गाडिनुपर्ला भनेर सोचेको थियो त ?

जमेको बरफमाथि गाडी चलाउँदा के होला र भनी सोचेको, यस्तो हालत भयो ।

जाबो डुंगामा हेलिकप्टर नै अवतरण गराउने कत्रो हिम्मत ?

आफ्नो गाडीमा आगो लागेकोमा पनि किन दंग छ यो मान्छे ?

आईसकेक त देख्नुभएको होला, यहाँ त आईसबोट नै पो छ ।

महंगा वाइनका बोतलहरू फुट्दा यो पसले कति रोयो होला ?

आईरनलाई तताएर तलपट्टि नै छोड्दा यस्तो हुने नै भयो ।

फोहोर लैजाने ट्रक आफैंले फोहोर छोडिदिँदा शहरवासीलाई तनाव हुने नै भयो ।
एजेन्सी