
काठमाडौं, ३० असोज – चलचित्र ‘अमेरिका बोइज्’ निर्माण हुने भएको छ । हास्य जानरामा बन्न लागेको चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गर्ने भएका हुन् ।
तिहार लगत्तै छायांकन हुने गरी निर्माण थालिएको चलचित्र ‘अमेरिका बोइज्’ मा अर्पण थापा, सुनील थापा, हरिहर शर्मा, सन्दीप क्षेत्री, कामेश्वर चौरासिया, सृष्टि कार्की लगायतका कलाकारको अभिनय रहने भएको छ ।
चलचित्रलाई इन्द्र खरेल र डम्बर चन्दले निर्माण गर्न लागेका हुन् भने चलचित्र नेपाली युवाले भोग्दै आएको समस्या वरिपरि केन्द्रित हुनेछ ।