१२ साउन २०८३, मंगलबार

पञ्जाब किंग्सविरुद्ध आरसीबीको सहज जीत

बैशाख २८, २०८१
काठमाडौं
पञ्जाब किंग्सविरुद्ध आरसीबीको सहज जीत

रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी)ले पञ्जाब किंग्सविरुद्ध सहज जीत दर्ता गरेको छ । बिहीबार राति सम्पन्न खेलमा आरसीबीले पञ्जाबलाई ६० रनले पराजित गरेको हो । 

टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २४१ रन बनाएको थियो ।

आरसीबीका लागि विराट कोहलीले ४७ बलमा ९२ रन बनाए । रजत पतिदरले २३ बलमा ५५ रन जोडे । क्यामरन ग्रीनले २७ बलमा ४६ रन जोडे ।

पञ्जाबका हर्षल पटेलले ३ विकेट लिए भने विधवथ काभेराप्पाले २ तथा अर्शदिप सिंह र स्याम करनले १-१ विकेट लिए ।

जवाफमा २४२ रनको लक्ष्य पछ्याएको पञ्जाब १७ ओभरमा १८१ रनमा समेटियो । पञ्जाबका लागि राईली रूस्सोले २७ बलमा सर्वाधिक ६१ रन बनाए । शशांक सिंहले १९ बलमा ३७ रन जोडे । जोन्नी बेयर्सटोले २७ तथा स्याम करनले २२ रन बनाए ।

आरसीबीका लागि मोहम्मद सिराजले ३ विकेट लिए भने स्वप्निल सिंह, लोकी फर्गुसन र करन शर्माले २-२ विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्