०५ असार २०८३, शुक्रबार

ठगेर विदेश भाग्नेविरुद्ध कडाइ गर्दै सरकार

बैशाख २८, २०८१
काठमाडौं
ठगेर विदेश भाग्नेविरुद्ध कडाइ गर्दै सरकार

वैदेशिक  रोजगारीका  नाममा  ठगी  गर्नेहरू  विदेशमा गएर लुक्ने प्रवृत्ति बढेसँगै सरकारले त्यस्ता अभियुक्तलाई इन्टरपोलमार्फत खोजी कार्य तीव्र पार्दै आएको छ । 

 वैदेशिक  रोजगार  विभागले  पछिल्लो  समयमा  वैदेशिक रोजगारीमा हुुने ठगीका घटना बढ्न थालेपछि त्यस्ता  अपराधीलाई  विदेशबाट  पक्राउ  गरी  कारबाही  अघि बढाउन थालेको हो ।

वैदेशिक  रोजगारी  कसुरका  उजुरी  र  त्यसका  अभियुक्तले  गर्ने  योजनामा  समेत  परिवर्तन  हुन  थालेपछि  विभागले  विदेशबाट  समेत  अभियुक्तलाई  पक्राउ गर्ने योजना अघि बढाएको छ ।

नेपालमा युवाबाट रकम उठाउने र रकम सङ्कलन गरेर विदेश भाग्ने गरेका कारण पीडितले समयमा न्याय पाउन सकेका छैनन् । विभागका   महानिर्देशक   डण्डुुराज   घिमिरेले   विभागले नेपालमा ठगी गरेर संयुक्त अरब इमिरेट्स (युएई) मा लुकेर बसेका एक जना अभियुक्तलाई नेपाल ल्याएर  कारबाही  गरेको  जानकारी  दिए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्