११ असार २०८३, बिहीबार

सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग

बैशाख ३०, २०८१
चितवन
सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग

सौराहाका पर्यटन व्यवसायीहरुले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग गरेका  छन् । मुलुकको तेस्रो पर्यटकीय गन्तव्यका रुपमा स्थापित सौराहालाई सरकारले अहिलेसम्म पर्यटन क्षेत्र घोषणा गरी पूर्वाधार निर्माणको काम अगाडि बढाउन नसकेको जनाउँदै व्यवसायीहरुले आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारी पहल थालनीका लागि ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

क्षेत्रीय होटल सङ्घ चितवन सौराहा, रेष्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान सौराहा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, नेचर गाइड एसोसिएसन, वल्र्ड एजुकेसन सोसाइटी र साना पर्यटन व्यवसायी संस्थाले संयुक्तरुपमा गृहमन्त्री लामिछानेलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । पर्यटकीय नगरी सौराहासहित समग्र चितवनलाई पर्यटन क्षेत्र घोषणाका लागि कैयौँ पटक ध्यानाकर्षण गराउँदा पनि आश्वासन मात्र पाइएको तर अहिलेसम्म राज्यको निकायबाट सो सम्बन्धी कुनै कारबाही अगाडि नबढेकाले सम्बन्धित मन्त्रालयमार्फत पर्यटन क्षेत्र घोषणाका लागि आवश्यक पहल तथा समन्वय गर्न गृहमन्त्री लामिछानेलाई ध्यानाकर्षणपत्र बुझाइएको रेष्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान सौराहाका अध्यक्ष धु्रव गिरिले बताए । 

salt training

कमेन्ट गर्नुहोस्