
ललितपुरको नख्खु दोबाटोमा बसको ठक्करबाट स्कूटरमा सवार एक जनाको मृत्यु भएको छ।
सोमवार दिउँसो १२ बजे ललितपुर महानगरपालिका वडा नम्बर ४ स्थित नख्खु दोबाटोमा बा ४ ख १०४ नम्बरको बसले प्रदेश १–०२–०५१ प ३८५० नम्बरको स्कूटरलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार ठक्करबाट राइड शेयरिङका स्कूटर चालक महालक्ष्मी नगरपालिका वडा नम्बर ९ लामाटार बस्ने ४५ वर्षीय भोपाल अधिकारी र भक्तपुर बोडे बस्ने ४६ वर्षीया सविता थापा घाइते भएका थिए ।
उनीहरू दुवै जनालाई उपचारको लागि अल्का अस्पताल लगिएको थियो।
उपचारको क्रममा सविताको मृत्यु भएको एसपी सुवेदीले बताए।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको सुवेदीले बताए ।