०१ साउन २०८३, शुक्रबार

संसद्को गतिरोध अन्त्य गर्न सभामुखले गरे एमाले अध्यक्ष ओलीसँग छलफल

बैशाख ३१, २०८१
काठमाडौं
संसद्को गतिरोध अन्त्य गर्न सभामुखले गरे एमाले अध्यक्ष ओलीसँग छलफल
फाइल तस्वीर

संसद्को गतिरोध अन्त्य गर्नेबारे सभामुख देवराज घिमिरेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका छन् ।

संसद्को अवरोध अन्त्य गर्ने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटघाटपछि घिमिरेले ओलीसँग टेलिफोन संवाद गरेका हुन् । 

सभामुखले सचिवालयले मंगलवार संसद्‌मा प्रस्तुत हुने नीति कार्यक्रमलाई सौहार्द बनाउन पहल गरिएको जानकारी दिएको छ ।

‘सभामुखले अपरान्ह एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद गर्नुभयो', सभामुखको सचिवालयले भनेको छ, ‘सभामुखले संसद् अवरोध अन्त्य गर्न र भोलि हुने नीति तथा कार्यक्रम सौहार्दपूर्ण बनाउन गर्नुभएको अपिलमा अध्यक्ष ओलीले यस विषयमा सत्तापक्ष एउटा निष्कर्षमा पुग्ने बताउनुभयो ।’

सभामुखको पहलका बीच प्रधानमन्त्रीको आह्वानमा सिंहदरबारमा एमाले अध्यक्ष ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल भएको छ ।

सदनको गतिरोध अन्त्य गरी मंगलवार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने वातावरण बनाउन प्रधानमन्त्रीले छलफल गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गरेपछि कसरी अगाडि बढ्ने भन्ने छलफल गर्न सत्तारुढ दलका शीर्ष नेता छलफलमा जुटेका हुन् । 

सत्तारुढ दलसँगको छलफलपछि प्रधानमन्त्रीले आजै कांग्रेसका नेतासँग छलफल गर्ने तयारी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्