
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बिहान बस्ने बैठकमा संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने छ । हिजो नै बस्ने भनिए पनि बैठक आजका लागि सारिएको थियो ।
सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।
कांग्रेसले संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम पेस गर्न नदिने चेतावनी दिइसकेको छ । आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम आज संघीय संसद्को संयुक्त बैठकमा पेस गर्ने कार्यसूची छ ।