
सरकारले रक्सौल-काठमाडौँ रेलमार्गको लगानी विधि सुनिश्चित गरी निर्माण कार्य थाल्ने भएको छ ।
मंगलवार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त रेलमार्गको लगानी विधि सुनिस्चित गरिने बताइएको हो ।
'रक्सौल काठमाडौँ रेलमार्गको लगानी विधि निर्क्योल गरी कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ,' राष्ट्रपति पौडेलले भने ।
त्यस्तै जयनगर-बर्दिबास रेलमार्गको बिजलपुरा-बर्दिबास खण्डको निर्माण गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
राष्ट्रपति पौडेलले पूर्वपश्चिम विद्युतीय रेलमार्गको बर्दिबास-चोचा खण्डको निर्माण सम्पन्न गरिने पनि बताए ।
'केरुङ-काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन कार्य शीघ्र सम्पन्न गरिनेछ,' राष्ट्रपति पौडेलले भने ।