२९ जेठ २०८३, शुक्रबार

मध्यपहाडी लोकमार्गलाई समृद्धि करिडोरका रूपमा विकास गरिने

जेठ १, २०८१
काठमाडौं
मध्यपहाडी लोकमार्गलाई समृद्धि करिडोरका रूपमा विकास गरिने

सरकारले मध्यपहाडी लोकमार्गलाई समृद्धि करिडोरको रूपमा विकास गर्ने घोषणा गरेको छ ।

संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मध्यपहाडी लोकमार्गलाई समृद्धि करिडोरको रुपमा विकास गर्न लागिएको घोषणा गरेका हुन् ।

‘मध्य पहाडी लोकमार्गलाई समृद्धि करिडोरका रूपमा विकास गर्ने गर्ने सरकारको तयारी छ । यसको लागि दूरसञ्चार, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी र पर्यटनका पूर्वाधारको व्यवस्था गरिनेछ । यी क्षेत्रमा उत्पादन रोजगारी सिर्जना पनि गरिनेछ’, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भनिएको छ । 

साथै सरकारले पूर्व पश्चिम राजमार्ग, हुलाकी राजमार्गको स्तोन्नित गर्ने पनि घोषणा गरेको छ ।

त्यस्तै, कोशी, कर्णाली करिडोर खण्डमा १२ महिना यातायातका साधन चल्न सक्ने गरी पूर्वाधार विकास गरिने घोषणा सरकारको छ ।

रणनीतिक महत्वका महाकाली, भेरी करिडोरसहितलाई प्राथमिकतामा राखेको घोषणा सरकारको छ ।

राष्ट्रिय वन तथा निकुञ्जमा वन्यजन्तुमैत्री सडक बनाइने घोषणा पनि सरकारले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्