![यस्तो बन्यो काठमाडौं महानगरले फल्चा शैलीमा निर्माण गरेको बस बिसौनी [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/bus_bisauni_6_PhiiaTVNNg.jpg)
अरनिको राजमार्गअन्तर्गत काठमाडौंको बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको छ । मंगलबार काठमाडौं महानगरपालिका-१० का अध्यक्ष रामकुमार केसीले फल्चा बस बिसौनीको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमपछि बोल्दै अध्यक्ष केसीले बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै आन्दोलनका क्रममा सम्पदाहरू बिगार्न नहुने बताए । उनले सार्वजनिक सम्पतीको रक्षा गर्ने दायित्व सबैको भएको बताए ।

सो क्षेत्रमा उस्तै शैलीका २ वटा बस बिसौनी निर्माण भएका छन् । बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउने बताइएको छ । यी २ वटा फल्चाको लागत ६२ लाख रुपैयाँ रहेको बताइएको छ ।





