२६ जेठ २०८३, मंगलबार
उच्च अदालतको फैसला

बलात्कार मुद्दामा सन्दीपलाई सफाइ

जेठ २, २०८१
काठमाडौं
बलात्कार मुद्दामा सन्दीपलाई सफाइ
फाइल फोटो

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला पूर्णरूपमा उल्ट्याउँदै बुधबार सन्दीपलाई सफाइ दिएको विमल पराजुलीले जानकारी दिए ।

बलात्कारको आरोप लगाएकी गौशाला २६ र सन्दीपका वकिलले मंगलबारदेखि बहस गरेका थिए । दुवैतर्फको बहस सुनेपछि न्यायाधीशद्वयले सन्दीपलाई सफाइ दिएका हुन् । 

२०७९ को भदौमा एक किशोरीले बलात्कारको आरोप लगाएकी थिइन् । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई ८ वर्षको कैद सजाय सुनाएको थियो । त्यसपछि उनी पुनरावेदनका लागि उच्च अदालत गएका थिए ।

भदौ २१ गते पीडित भनिएकी गौशाला २६ ले सन्दीपले आफूलाई जबर्जस्ती करणी गरेको भनी प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

उजुरी दिएका बेला सन्दीप वेस्टइन्डिजमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलिरहेका थिए ।

सोही क्रममा २०७९ भदौ २३ गते नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो । निलम्बन गर्ने बेलासम्म उनी नेपाली क्रिकेट टोलीको कप्तान नै थिए ।

२०७९ असोज २० गते उनी विदेशबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०७९ कात्तिक १४ गते सन्दीपलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालतले उनलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेको थियो । उक्त आदेशपछि उनी कारागार चलान भएका थिए । 

जिल्ला अदालतको उक्त आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका लामिछानेलाई २०७९ पुष २८ गते २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएअनुसार उनी कारागारबाट छुटेका थिए ।

रिहा भएपछि क्यानले २०७९ माघ १८ गते अनुशासन उल्लङ्घनको कारबाहीमा सन्दीपलाई गरिएको निलम्बन फुकुवा गरेको थियो ।

उच्च अदालत पाटनले भने उनलाई विदेश जान रोक लगाएको हुनाले ‘विदेश जान अनुमति पाऊँ’ भन्दै उनी सर्वोच्च अदालत पुगेका थिए ।

२०८० चैत फागुन १६ गते सर्वोच्चले उनलाई क्रिकेट खेल्नका लागि अनुमति दिने आदेश गरेको थियो । त्यसपछि २०८० पुष २५ गते काठमाडौं जिल्ला अदालतले उनलाई ८ वर्ष कैदको सजाय सुनाएको थियो ।

साथै, पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत गरिएको थियो ।

जिल्ला अदालतले गरेको सोही आदेशविरुद्ध बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीप र गौशाला २६ दुवै उच्च अदालत पाटन पुगेका थिए । गौशाला २६ सजाय कम भयो भनेर पुगेकी थिइन् ।

यस्तै, आफूले सफाइ पाउनु पर्ने भन्दै सन्दीप उच्च अदालत पुगेका थिए ।


 

salt training

कमेन्ट गर्नुहोस्