१० असार २०८३, बुधबार

एमाले तयार भएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

जेठ ३, २०८१
काठमाडौं
एमाले तयार भएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । आज बस्ने प्रदेशसभा बैठकमा सोडारीले विश्वासको मत लिने कार्यसूची छ । 

बिहान १०:३० बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत दिने प्रदेशसभा सचिवालयले जनाएको छ । 

एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । यसअघि एमालेले विश्वासको मत दिनेबारे निर्णय नगर्दा वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो । 

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारीले संविधानअनुसार एक महिनाभित्र (जेठ ५ गतेभित्र) विश्वासको मत लिई सक्नुपर्छ ।


 

salt training

कमेन्ट गर्नुहोस्