२५ जेठ २०८३, सोमबार

छैटौँ स्थानमा उक्लियो चेल्सी

जेठ ३, २०८१
काठमाडौं
छैटौँ स्थानमा उक्लियो चेल्सी

ब्राइटनललाई पराजित गर्दै लन्डन क्लब चेल्सी इङ्लिस प्रिमियर लिगको छैटौँ स्थानमा उक्लिएको छ । अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा बुधबार राति सम्पन्न खेलमा ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गर्दै चेल्सीले स्थान सुधार गरेको हो ।

खेलको ३४औँ मिनेटमा कोल पाल्मरले चेल्सीलाई शुरूआती अग्रता दिलाएका थिए। ६४औँ मिनेटमा क्रिस्टोफर एनकुन्कुले अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्ज्युरी समयको सातौँ मिनेटमा ड्यानी वेलबेकले गोल गरे पनि ब्राइटनले हार टार्न सकेन ।

जितसँगै चेल्सीले ३७ खेलबाट ६० अंक जोडेको छ । चेल्सीले युरोपा कन्फ्रेन्स लिगमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना बढेको छ । पराजित ब्राइटन ससमान खेलबाट ४८ अंकसहित १०औँ स्थानमा छ ।

salt training

कमेन्ट गर्नुहोस्