०२ साउन २०८३, शनिबार

एमाले सर्लाही अध्यक्षमा पुनः साह निर्वाचित

जेठ ३, २०८१
काठमाडौं
एमाले सर्लाही अध्यक्षमा पुनः साह निर्वाचित

बरहथवा– नेकपा (एमाले)को सर्लाही जिल्ला अध्यक्षमा राजनारायण साह पुनः निर्वाचित भएका छन् । एमालेको नवौँ जिल्ला अधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । 

निर्वाचन समितिका संयोजक रमेश न्यौपानेका अनुसार पार्टीको जिल्ला उपाध्यक्षमा बिदुरकुमार प्याकुरेल, सचिवमा डिल्लीप्रसाद अधिकारी, उप–सचिव (खुला) मा बलराम एस्माली मगर र उप–सचिव (महिला)मा विभा नेपाल निर्वाचित भएका हुन् । 

यस्तै लेखा समिति अध्यक्षमा रमेशप्रसाद चौलागाईँ, सचिवमा रेणुका पौडेल र खुला सदस्यमा खेमबहादुर भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको हो । कूल ६ सय १० प्रतिनिधिमध्ये पाँच सय ७४ जना बुधबार मतदानमा सहभागी भएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्