१३ असार २०८३, शनिबार

पश्चिम बङ्गालमा चट्याङः १२ जनाको मृत्यु

जेठ ४, २०८१
काठमाडौं
पश्चिम बङ्गालमा चट्याङः १२ जनाको मृत्यु
सांकेतिक तस्वीर ।

नयाँ दिल्ली– भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् ।

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब ३२७ किलोमिटर उत्तरमा रहेको माल्दा जिल्लामा चट्याङ प्रहारमा हताहतजन्य घटना भएको बताइएको छ ।
 
अधिकारीहरूले सबै पीडित चट्याङ परेको समयमा  घरबाहिर बगैँचा तथा खेतमा काम गरिरहेका अवस्थामा उनीहरुमाथि प्रहार गरेकाले धेरै मानिसको मृत्यु भएको स्रोतले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्