
नेपाली बजारमा सुनको मूल्य आज तोलामा १ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि १ लाख ४० हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार दुई सय निर्धारण भएको छ ।