२५ जेठ २०८३, सोमबार

लेभरकुजनले बनायो बुन्डेस लिगामा अपराजित यात्राको कीर्तिमान

जेठ ६, २०८१
काठमाडौं
लेभरकुजनले बनायो बुन्डेस लिगामा अपराजित यात्राको कीर्तिमान

बायर लेभरकुजनले जर्मन बुन्डेस लिगा फूटबलमा अपराजित यात्रा कायम राख्दै नयाँ कीर्तिमान रचेको छ । शनिबार राति लिगको अन्तिम खेलमा असबर्गलाई २–१ ले हराएसँगै लेभरकुजनले पूरा सिजन अपराजित रहने पहिलो टोलीका रुपमा कीर्तिमान बनाएको हो ।

यसअघि बुन्डस लिगामा कुनै पनि टोलीले अपराजित यात्रा कायम राख्न सकेका थिएनन् ।

लिगका ३४ खेलमध्ये लेभरकुजन २८ खेलमा विजयी रह्यो भने ६ खेल बराबरी खेल्यो । यसक्रममा उसले ८९ गोल गर्दा २४ गोल मात्र खाएको छ ।

स्पेनिस प्रशिक्षक जाभी एलोन्सो नेतृत्वको टोली यसअघि गत वैशाख २ गते नै लिग उपाधि जितिसकेको छ ।

सबै प्रतियोगितामा लिभरकुजनको अपराजित यात्रा ५१ खेल पुगेको छ । यससँगै उसले यो सिजन तीन उपाधि जित्ने सपना पनि कायमै राखेको छ ।

अब उसले बुधबार डब्लिनमा हुने युरोपा लिगको फाइनलमा एटलान्टाको सामना गर्नेछ । त्यसको तीन दिनपछि जर्मन कपको फाइनलमा काइजरर्स्लटनसँग भिड्नेछ । 

लेभरकुसनले क्लब इतिहासमै पहिलोपटक बुन्डेस लिगाको उपाधि जितेको हो ।

यसअघि लिग नजितेको भएपनि लिभरकुजन सन् २००१–२ को सिजन च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्