१० असार २०८३, बुधबार

कुनै पनि बेलामा आणविक युद्ध हुनसक्छ, अमेरिका उत्तर कोरियाको निशानामा ?

कात्तिक २०, २०७४
कुनै पनि बेलामा आणविक युद्ध हुनसक्छ, अमेरिका उत्तर कोरियाको  निशानामा ?

काठमाडौं, ३१ असोज — संयुक्त राष्ट्रसंघमा उत्तर कोरियाका उपदूत किम इन रेयोङले कोरियाली प्रायद्वीपको हालत हेर्दा कुनै पनि बेलामा आणविक युद्ध हुनसक्ने बताएका छन् ।


उनले भने, ‘उत्तर कोरियालाई मात्र संसारको खतराका रूपमा हेर्ने गरिन्छ । हाम्रो देशले आफ्नो सुरक्षाका लागि आणविक हतियार बनाउने अधिकार राख्छौं ।’

रेयोङले संयुक्त राष्ट्रसंघको साधारणसभाको निःशस्त्रीकरण समितिसमक्ष बयान दिँदै भने, ‘हरेक वर्ष ठूलो मात्रामा सैन्य अभ्यास हुन्छ । त्यसमा आणविक हतियार प्रयोग गरिन्छन् । सबभन्दा खतरनाक कुरा त अमेरिका जासूसी कारवाही गरेर हाम्रा सर्वोच्च नेतालाई सिध्याउन चाहन्छ ।’

रेयोङले थपे, ‘उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम टुंग्याइसकेको छ । अब हामी आणविक शक्तिसम्पन्न राष्ट्र हौं । हामीमाथि कारवाही गर्ने शत्रु देशले आणविक, हाइड्रोजन बम र अन्तर्राष्ट्रिय ब्यालिस्टिक क्षेप्यास्त्रको आक्रमणको सामना गर्नुपर्छ ।’

‘अमेरिका हाम्रो निशानामा छ । अमेरिकाले हाम्रो देशको एक इन्च जमीनमा पनि आउन खोज्यो भने गम्भीर परिणामको सामना गर्नुपर्ने हुन्छ ।’

यसैबीच अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प एसियाका चार देश दक्षिण कोरिया, चीन, जापान र भियतनामको यात्रामा नोभेम्बरमा जाने भएका छन् । उनी उत्तर र दक्षिण कोरियाबीचको निःशस्त्रीकृत क्षेत्रमा समेत जान सक्छन् ।

ट्रम्पले बताए, ‘मैले त्यहाँ भ्रमण गर्नुलाई उत्तेजक क्रियाकलापका रूपमा हेर्नु हुँदैन । तर त्यहाँ गएर स्थितिको मूल्यांकन गर्नु जरूरी छ ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्