२४ जेठ २०८३, आइतबार
संसदमा गृहमन्त्रीको सम्बोधन

संसदमा गगनविरुद्ध रविको फायर– देशका सूचना विदेशीलाई बेच्नेलाई पनि कारबाही होस्

जेठ ६, २०८१
काठमाडौं
संसदमा गगनविरुद्ध रविको फायर– देशका सूचना विदेशीलाई बेच्नेलाई पनि कारबाही होस्

उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापाप्रति आक्रोश व्यक्त गरेका छन् । 

आइतबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै लामिछानेले गगनप्रति आक्रोश व्यक्त गरेका हुन् । 

‘सहकारी ठग्ने, दोहोरो नागरिकता बोक्नेलाई मात्र होइन, कृषि अनुसन्धान (परिषद्) दुरुपयोगको आरोप लगाउनेलाई पनि कारबाही गर्नुपर्छ,’ लामिछानेले भने, ‘देशका गोप्य सूचना विदेशीलाई बेच्नेलाई पनि कारबाही गर्नुपर्छ, देशको मन्त्री होस् या पार्टीको महामन्त्री ।’

लामिछानेले गगनको नाम नलिए पनि पार्टीको महामन्त्री भनेर उनैतर्फ संकेत गरेका थिए । 

यसअघि गगनले सहकारी ठग र दोहोरो नागरिकता बोक्नेलाई पनि कारबाही गरेर घर पठाउनुपर्ने बताएका थिए । लामिछानेले कांग्रेसले आफूलाई प्रधानमन्त्री अफर गरेको दाबी समेत गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्